नयाँ उपकरण ल्याउन जोखिमपूर्ण रोप–वे बेच्दै हेटौंडा सिमेन्ट

मकवानपुर– मानव बस्ती र विद्यालयलाई वर्षौदेखि जोखिम बनाएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको रोप–वे अब इतिहासका रुपमा सीमित हुने भएको छ ।
भीमफेदी गाउँपालिकाको भैंसेस्थित खानी क्षेत्रबाट चुनढुंगा ल्याउन प्रयोग भएको रोप–वेलाई हेटौंडा सिमेन्टले बिक्री गर्ने तयारी गरेको हो । रोप–वेमा करोडौंका फलाम छन् ।
फलामका पोलदेखि, तार र बकेट ९ढुंगा बोकेर तारमा हिँड्ने डिब्बा० सम्म बिक्री गर्ने तयारीमा हेटौंडा सिमेन्ट उद्योग लागेको हो । विगत चार वर्षदेखि घाटामा चल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले उद्योगमा नयाँ उपकरण खरिद गर्न रातोमाटेस्थित जग्गा र रोप–वे बिक्री गर्न लागेको छ ।
जग्गा र रोप–वे बिक्रीबाट आएको रकमले उद्योगमा नयाँ प्रविधि भित्रयाउने योजना उद्योग प्रशासनको छ । हेटौंडा सिमेन्टले उक्त रोप–वेका सामग्री लिलामी गर्न उद्योगका भण्डारण विभाग प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा मूल्याड्ढन समिति बनाएको छ ।
उद्योगका सूचना अधिकारी अशोक गौतमले समितिले रोप–वेका सामग्रीहरुको मूल्याड्ढन गर्ने र लिलामी प्रक्रियामा लैजाने जानकारी दिए । समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट एक–एक जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
समितिले कबाडीमा बेच्ने प्रक्रियालाई चाँडो अगाडि बढाउने भएको छ । हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्तकुमार पाण्डेले रोप–वे जीर्ण बन्दा यसका बकेटमुनिका बस्तीहरु जोखिममा रहेको कारण चाँडो लिलामी प्रक्रिया सुरु गरिने बताए ।
रोप–वे बिक्रीबाट करिब १२ करोड रुपैयाँसम्म रकम प्राप्त हुने आंकलन गरिएको महाप्रबन्धक पाण्डेले बताए । मुल्याड्ढन समितिको रिपोर्टपछि वास्तविक बिक्री मूल्य थाहा हुने उनले बताए ।
रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने अवस्था नरहेको उनको भनाइ छ । जोखिम मूल्याड्ढन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरेको पाण्डेले बताए ।
भैंसे खानिदेखि लामसुरे उद्योगसम्मका बस्तीलाई नै जोखिम बनाइरहेको रोप–वेलाई बिक्री गरेर बस्तीको सुरक्षा र उद्योगमा नयाँ उपकरण ल्याउन सकिने भएकाले यो कदम उठाउन लागिएको बताए । रोप–वेलाई लिलाम गर्ने प्रयास यसअघि नै उद्योगले गरेको थियो । तर, भनेजति रकम नपाएपछि उद्योग मौन बसेको जनाइएको छ ।