मकवानपुरमा फैलँदै डेङ्गू, दुई हप्तामा २८ संक्रमित

मकवानपुर– मकवानपुरमा पछिल्लो समय डेङ्गूको संक्रमण फैलँदै गएको छ । दुई हप्ताको अवधिमा दुई दर्जनभन्दा धेरैमा डेङ्गू देखिएको हो ।
चालु आर्थिक बर्षको १(१५ साउनको बीचमा २८ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा यो डेङ्गू देखापरेको घिमिरेले बताए ।
उनले भने, ‘अरु स्थानीय तहमा खासै संक्रमित भेटिएको छैन । एक दुई स्थानीय तहका एक दुई जनामा मात्रै डेङ्गू भेटिएको छ । १५ दिनको अवधिमा यति धेरै डेङ्गू संक्रमित हुनु भनेको सतर्कता अपनाउन जरुरी छ भन्ने पनि हो ।’ सूचना अधिकारी घिमिरेका अनुसार संक्रमितहरु हेटौंडाको वडा नम्बर ४ र ५ का रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।
अनुसार सोही अवधिमा जिल्लामा १ जनामा कालाजार भएको छ भने हेटौंडाका ९ जनामा स्क्रबटाइफसको संक्रमण भएको छ । जिल्लाको मनहरी गाउँपालिकाका ६ नम्बर वडामा १ जनामा कालाजार संक्रमण भएको हो ।
आर्थिक वर्षको सुरुवातमा नै डेङ्गूका संक्रमितको संख्या बढ्न थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को तुलनामा चालू आथिृक वर्षमा डेङ्गु संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
गत आर्थिक बर्षमा १९५ जनामा डेङ्गू संक्रमण भएको थियो । त्यस्तै स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले बताए । फरकधारबाट