मकवानपुरमा चट्याङका कारण राष्ट्रिय परिचयपत्र विवरण संकलन रोकियो
हेटौंडा– मकवानपुरमा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन गर्ने काम स्थगित भएको छ ।
गएराती बर्षासंग परेको चट्याङका कारण जिल्ला प्रशासन कार्यालय ९जिप्रका० मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको समेतका मेशिनहरु बिग्रीएपछि बिवरण संकलन स्थगित भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सुचना जारी गरी अर्को सुचना नभएसम्मको लागि राष्ट्रिय परिचयपत्रको बिवरण संकलन गर्ने काम स्थगित गरिएको जानकारी दिए ।