जिसस मकवानपुरमा गठबन्धनको प्यानल नै विजयी

संवाददाता
२०७९ असार ३, शुक्रबार ११:०७

हेटौंडा– जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी भएका छन् ।बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनको उम्मेदवार नेकपा माओवादी केन्द्रका घलानले १७ मत प्राप्त गर्दै प्यानल सहित विजयी भएका हुन् ।

हेटौंडा उपमहानगर वडा नम्बर १२ वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए। जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत पाए ।जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया, र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।नेकपा एमालेबाट बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरिन् ।

दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा १६ नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी १७ र सुवर्ण गोपाली १७ मत सहित विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*