मकवानपुर गोल्डकपः विजय युथ उपाधि नजिक

संवाददाता
जेष्ठ २७, २०७९

हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहित स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली विजय युथ क्लब प्रवेश गरेको छ ।

हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विजय युथ नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै गोल्डकपको उपाधि नजिक पुगेको हो । विजय युथको जितमा विदेशी खेलाडी पेपे नायक बने ।

प्रतिस्पर्धात्मक खेलको ५२ औँ मिनेटमा अमिर श्रेष्ठको कर्नर बललाई पेपेले हेड गर्दै गोल गरे । निर्णयक गोल गरेका पेपे खेलको म्यान अफ दी म्याच चुनिँदै १० हजार नगद हजार हात पारे ।

विजय युथले उपाधि रक्षका लागि आज शनिवार हुने दोस्रो सेमिफाइनल खेलअन्तर्गत् त्रिभुवन आर्मी क्लब र क्यामरुनी टोली एभिनियर एफसीबीचको विजेतासँग भिड्नु पर्नेछ ।

फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक र विधागत ६ उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार पाउँछन् । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

हौसला बढाउन मेयर रंगशालामा

हेटौंडा– हेटौंडाको विजय युथ क्लबका खेलाडीको हौसला बढाउन हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा पिप्लेस्थित रंगशाला पुगेकी थिइन् । उनले घरेलु टोलीलाई विजयको शुभकामना दिँदै हौसला बढाएकी हुन् ।

सम्बोधन गर्ने क्रममा लामाले पिप्ले क्याम्पा रंगशालाको भौतिक पूर्वाधार विकासमा आफूले सक्दो सहयोग गर्ने बताइन् ।

लामासँगै हेटौंडाका उपमेयर राजेश बानियाँपनि मैदान पुगेका थिए । उनले मेयर लामाले रंगशालालाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*