मेयर मिनाले दिइन् अशक्तलाई हिँड्डुल गर्न ह्वीलचेयर

संवाददाता
जेष्ठ २५, २०७९

हेटौंडा– शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक बालकलाई हेटौंडा उपमहानगरले ह्वीलचेयर वितरण गरेको छ ।

उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाको समन्वयमा नगरप्रमुख मिनाकुमारी लामाले ह्वीलचेयर हस्तान्तरण गरेकी हुन् । लामाले अशक्तहरुको साथमा हेटौंडा उपमहानगरपालिका रहेको बताइन् ।

वडा कार्यालयको सिफारीसमा हेटौंडा–१७ का १६ बर्षिय भोजराज घिमिरेलाई घर बाहिरको वातावरणमा हिड्डुल गर्न सहज होस भन्नका लागि सामग्री हस्तान्तरण गरिएको महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले बताए ।

ह्वीलचेयर घिमिरेका बुवा कृष्णप्रसाद घिमिरेले बुझेका थिए । उनले उपमहानगरले दिएको सामग्रीले छोरालाई बाहिरी वातावरणमा हिडाउन सहज हुने भन्दै खुशी व्यक्त गरेका थिए ।

उपमहानगरपालिले चालु आर्थिक वर्षमा नगरका विभिन्न वडामा रहेका शारीरिक अशक्तहरुलाई हालसम्म ७० वटा भन्दा बढी ह्वीलचेयर सहयोग गर्नुका साथै आफ्नो महाशाखाको समन्वयमा उपमहानगरपालिकाले विभिन्न समयमा अपाङ्गमैत्री विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको समेत महाशाखा प्रमुख सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*