मकवानपुर गोल्डकपः भोली बिहीवार बिहान मैदान उत्रिँदै घरेलु टोली
हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा भोली बिहीवार बिहान हेटौंडाको घरेलु टोली मैदानमा उत्रिँदैछ ।
बुधवार ४ बजेलाई तय भएको खेल वर्षाका कारण मैदान जलमग्न हुँदा खेल स्थगित भएपनि भोली बिहानलाई सरेको थियो । तेस्रो क्वाटरफाइनल खेलअन्तर्गत् घरेलु टोली विजय युथ क्लब र नव जनजागृती क्लब भिड्नेछन् ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भइरहेको प्रतियोगितामा घरेलु टोली विजय युथले भने क्वाटरफाइनलमा स्थान पाएको थियो । दुबै टोली खेलमा जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ घरेलु टोली मैदानमा प्रवेश गर्ने छ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।