मकवानपुर गोल्डकपः पाँच मिनेटमै तीन वटा रातो कार्ड

संवाददाता
जेष्ठ २५, २०७९

हेटौंडा– बागमती प्रदेशको राजधानीमा जारी चौथो सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको एकै खेलमा तीन रेड९रातो० कार्ड निस्किएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लबबिचको खेलमा रेड कार्डले ह्याट्रिक हानेको हो ।

पुलिस र मनाङबिचको दोस्रो हाफको इन्जुरी समयमा रातो कार्डको बर्षा (ह्याट्रिक) भएको हो । उक्त खेल चौथो संस्करणको छैठौं अर्थात दोस्रो क्वाटरफाइनल खेल थियो ।

रेड कार्ड पाउनेमा तीनै जना नेपाल पुलिसका रहेका छन् । जसमा प्रशिक्षक अनन्तराज थापा, प्लोइङ्ग सेटका खेलाडी हेम तामाङ्ग र बैकल्पिक खेलाडी हेमन्त श्रेष्ठले रेड कार्ड पाएका हुन् ।

पुलिस र मनाङबिचको खेल निकै प्रतिस्पर्धात्मक रुपमा चलिरहेको थियो । स्टार खेलाडी भरिएको मनाङको शुरुवाती प्रर्दशन अलि फितलो थियो । मनाङले खेलको ३५ औँ मिनेटमा गोल खाएपछि भने तातिएको थियो । पुलिका लागि भरत साहले गोल गरेका थिए ।

गोल आएको ७ मिनेटपछि विमल घर्ती मगरलाई डिबक्समा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो । रेफ्रीले गलत निर्णय गरेको भन्दै पुलिसका प्रशिक्षक असन्तुष्टी जनाएका थिए ।

उनले लगातार रेफ्रीको निर्णयप्रति असन्तुष्टी ब्यक्त गर्न थाले । उनले आवेशमा आएर आफ्नो क्षेत्र भन्दा बाहिर समेत निस्किन भ्याए । त्यसपछि उनले पहिलो हाफको अन्त्यमा एल्लो कार्ड खान पुगे ।

दोस्रो हाफमा एक गोललेपछि परेको मनाङ खेलमा फकिर्ने कसरत गरिहेको थियो । उता पुलिस रक्षात्मक रणनीति अपनाउँदै आकाउन्टर अट्याकको अवसर श्रृजना गर्दै अग्रता दोब्बर बनाउँने पक्षमा थियो । तर, रेफ्रीको निर्णय बाधक बन्यो ।

रेफ्रीको निर्णयमा प्रशिक्षकसंगै मैदान प्रवेशको लागि तयारी गरिहेका पुलिसका बैकल्पिक खेलाडी हेमन्त श्रेष्ठले असन्तुष्टी ब्यक्त गर्दै अपशब्द बोलेपछि उनले पनि पहेलो कार्ड पाए ।

खेलको अन्त्यमा रेफ्रीले पाँच मिनेट समय थप गरेको थियो । सो पाँच मिनेट समयको खेलमा तनाब श्रृजना भएको थियो । पाँच मिनेटको खेल सकिदाँ पुलिसका प्रशिक्षक थापा र दुई खेलाडी रातो कार्ड खान पुगेका थिए ।

थप गरिएको समयको पहिलो मिनेटमा मैदानै प्रवेश गर्न नपाई हेमन्तले दोहारो पहेलो९रातो० कार्ड खादै मैदानबाट बाहिरिए । उनी मैदान प्रवेशको लागि तयारी९वामअप० गर्दै थिए । सोही क्रममा उनले रेफ्रीको निर्णयविरुद्ध अनुशासनहिन हर्कत गर्दै अपशब्द प्रयोग समेत गरेका थिए ।

हेमन्तले रातो कार्ड पाएको दुई मिनेटपछि प्रशिक्षक थापा पनि दोहोरो पहेलो९रातो० कार्ड खान पुगे । पुलिसका डिफेण्डर अजित बुढाथोकीले मनाङका फरर्वाड विमल घर्ती मगरलाई फाउल गरेको भन्दै रेफ्रीले डिबक्स नजिक फ्रिकिक दिएका थिए ।

पुलिसका अभिषेक रिजालले खेलाडीको बारभन्दा अगाडी सुजलले प्रहार गरेको फ्रिकिक रोकेपछि पुनः डिबक्सको लाइन नजिकैबाट रेफ्रीले फ्रिकिक दिएका थिए ।

उक्त रेफ्रिको निर्णयविरुद्ध पुलिसका प्रशिक्षक थापा गालीगलौज गर्दै आफ्नो सिमा रेखा बारम्बार पार गरेपछि उनलाई रेफ्री प्रकाश नाथ श्रेष्ठले रातो देखिएका थिए । त्यसपछि खेल इन्जुरी समयको अन्तिम मिनेटमा मनाङका कप्तान अन्जन विष्ट र पुलिका हेम तामाङबिच घम्साघम्सी भएको थियो ।

पुलिसका तामाङले अन्जनलाई दुई हातले धकेल्दै मैदानमा लडाईदिएका थिए । त्यसपछि उनलाई रेफ्री श्रेष्ठले रातो कार्ड देखिएका थिए । रातो कार्ड देखिएपछि पनि तामाङले रेफ्रिलाई धकेलेका थिए ।

त्यसपछि खेलको मध्य भागबाट मनाङले फ्रिकिक पाएको थियो । मनाङका गोलरक्षक विशाल श्रेष्ठले फ्रिकिक प्रहार गरेसंगै रेफ्रिको अन्तिम सिट्ठी बज्यो ।

बाँकी समय र अवसरको सदुपयोग गर्न नसकेपछि मनाङ पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । उता भाग्यमानी सावित हुँदै जित निकालेको पुलिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समुह ए मा रहेको पुलिसले घरेलु टोली विजय युथ क्लब र नव जनजागृती युथ क्लबबिचको विजेतासंग भिड्नेछ । सेमिफाइनल खेल जेठ २७ गते दिउँसो साढे ३ बजे हुनेछ ।

पुलिसका प्रशिक्षक थापा, खेलाडीद्वय तामाङ र श्रेष्ठले सेमिफाइनल खेल गुमाउने छन् । उनिहरुलाई मैदान प्रवेश गर्न समेत पाउदैनन् । दर्शकसंग प्याराफिटमा बसेर खेलको मज्जा लिन भने पाउँछन् । प्रहर खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*