मकवानपुरगढीको अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा पाख्रिन निर्वाचित

संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ००:३१

हेटौंडा– स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन् ।

दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । स्याङ्तानले १ हजार सय ६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९ सय ६ मत बढी पाख्रिनले ल्याएकी छन् । पाख्रिनले ६ हजार १ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५ हजार २ सय ४ मत प्राप्त गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*