एमालेद्वारा मकवानपुरगढीका भूमिहीनलाई जग्गा र लालपूर्जा, मिर्गौला प्रत्यारोपण गर्न २ लाख

संवाददाता
बैशाख २२, २०७९

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा स्थानीय तहको निर्वाचन छपक्कै लागेको छ । गाउँपालिकाकै ठूलो दल नेकपा एमाले र सत्ता साझेदार पाँच दलीय गठबन्धनसहित राप्रपा मैदानमा छ ।

गाउँपालिकामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सिंगो एउटै एमालेसँग गठबन्धनका पाँच दल मिलेर निर्वाचनमा छन् । गाउँपालिकाकै बलशाली एमालेलाई हराउन गठबन्धनका दलहरु कम्मर कसेर लागेका हुन् । तर, पनि एमालेलाई हराउन ‘फलामको चिउरा चपाए’ जस्तै भइरहेको गठबन्धनलाई मात खुवाउँदै एमाले घरदैलोमा व्यस्त छ ।

एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवारमा लगनशील र इमान्दार नेताका रुपमा परिचित बिदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ पाख्रिन छन् । एमालेले गाउँबासी सामू प्रतिबद्धता पनि जाहेर गरिसकेको छ । एमालेले प्रतिबद्धता पत्रमै गत निर्वाचनमा गाउँबासीले दिएको मतको कदर गरेको दावी गरेको छ । मकवानपुरगढीमा एमालेसँग आगामी पाँच वर्षका गाउँबासीको हितमा गर्ने कामको लामो संगालो छ ।

अध्यक्ष उम्मेदवार बिदुर हुमागाईंले निर्वाचन जिते पश्चात गाउँपालिकाभित्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई भू–स्वामित्व र लालपूर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले यसअघि नै अव्यवस्थित बासोबासीलाई लालपूर्जा दिने गरी जग्गा नापजँच सुरु गरेको थियो ।

गत मंसिरमा आयोगसँग निवर्तमान गाउँपालिका अध्यक्ष हुमागाईं र प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले लालपूर्जा वितरण गर्ने सम्बन्धमा गरेको सम्झौता सम्बन्धि प्रकाशित समाचार । तस्बिरः सोधिखोजी ।

तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगसँग लालपूर्जा वितरण गर्न सम्झौतासमेत गरिसकेको थियो । तर, गत साउनमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि उक्तल काम रोकिएको थियो ।

७ सय ४३ स्थानीय तहमार्फत भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी लगत संकलन, प्रमाणीकरण र नापी गरिरहेको आयोगलाई गठबन्धन सरकारले खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । अध्यक्ष उम्मेदवार हुमागाईंले कृषि योग्य भूमिमा प्लटिङ निरुत्साहन तथा बाँझोबारी जोतखनमा प्रोत्साहन दिने जानकारी दिए ।

गाउँपालिकाबासीलाई मिर्गौला प्रत्यारोपणमा २ लाख रुपैंयासम्म अनुदान, सतप्रतिशत भत्ता वृद्धिसँगै सुत्केरीलाई प्रोत्साहन दिने योजना ल्याएको छ ।

प्रतिबद्धता बोकेर एमाले यतिबेला घरदैलोमा व्यस्त भइरहेको हो । एमालेको घरदैलोमा जनलहर छ । उम्मेदवारहरु गाउँबासीको घरघरमा पुगेर एमालेलाई जिताउनु पर्ने कारणबारे बताउँदै आइरहेका छन् ।

‘सडक संजाल, पुलपुलेसालगायतका अन्य संरचनाहरु निर्माण एवम् सामाजिक सांस्कृतिक विकासका क्षेत्रमा हामीले सम्पन्न गरेका तथा सगौरव थालनी गरेका कार्यहरुको साक्षी यहाँहरु स्वयम् हुनुहुन्छ । बितेको ५ वर्षीय कार्यकालको अनुभवले हामीलाई जनताको पक्षमा थप नयाँ काम गर्ने उत्साह एवम् रचनात्मक दिशानिर्देश समेत गरेको छ ।,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रतिबद्धता पत्रमा उल्लेखित विशेष प्राथमिकताका कार्यक्रमहरुः

  • सेवा प्रवाहमा प्रविधिसहितको चुस्तता, कार्यप्रकृयामा पारदर्शिता, भ्रष्ट्राचारमा सुन्य सहनशीलता ।
  • आवासीय सुविधा सम्पन्न क्याम्पसको स्थापना, बालमैत्री व्यवहारसहितको विद्यालय भौतिक संरचना ।
  • अशक्त, जेष्ठ नागरिक तथा गर्भवतीहरुका लागि टेवा, घर–घरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा ।
  • हरेक घरमा स्वच्छ खानेपानीको उपलब्धता, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था ।
  • मृगौला प्रत्यारोपणमा २ लाख रुपैंयासम्म अनुदान, सतप्रतिशत भत्ता वृद्धिसँगै सुत्केरीलाई प्रोत्साहन ।
  • हरित सडक निर्माणका पक्षमा हाम्रो विशेष ख्याल, घर–घरमा व्यवस्थित सडक संजाल ।
  • व्यवस्थित विद्युत आपूर्ति तथा कच्ची पोलहरुको विस्थापन, सवै वडामा थ्रि–फेज लाईनको समुचित व्यवस्थापन ।
  • विदेशबाट फर्किएका र स्थानीय उद्यमीहरुलाई प्रोत्साहन, ऋणमा न्युनतम ब्याज तथा लघुउद्यम कर्जा अनुदान ।
  • सहकारी मार्फत बजारीकरण तथा कृषि प्रोत्साहन अनुदानमा शतप्रतिशत वृद्धि, कृषिजन्य उत्पादन तथा विउविजनको सुरक्षार्थ व्यवस्थित कोल्डस्टोर प्रविधि ।
  • कृषि योग्य भूमिमा प्लटीङ निरुत्साहन एवम् बाँझोबारी जोतखनमा प्रोत्साहन, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई भू–स्वामित्व र लालपूर्जा प्रदान ।
  • पर्यटकीय गन्तब्यहरुको विकास र विस्तार, व्यवस्थित होमस्टे तथा पर्यटकहरुलाई रैथाने उत्पादनका कोशेली उपहार ।
  • प्राकृतिक स्रोत, खानी तथा खनिजको समुचित उत्खनन् र व्यवस्थापन, पहिरो तथा बाढी प्रभावित क्षेत्रमा दिगो बस्ती संरक्षण ।
  • टोल–टोलमा जेष्ठ नागरिक मिलन केन्द्र तथा आराम स्थल, दलित तथा उत्पिडितहरुलाई सीपमूलक तालिम तथा जिविकोपार्जनमा विशेष पहल ।
  • हिंसामा परेका, पिडित एवम् असहाय महिला तथा बालबालिकाका पक्षमा प्रण, सीपमूलक तालिम, न्यायमा पहुँच र सेफ हाउस निर्माण ।
  • बाल अधिकार, बाल संरक्षण र बालमैत्री संरचनामा विशेष ध्यान, देशकै नमुना बालमैत्री अभियान ।
  • स्थानीय कच्चापदार्थमा आधारित उद्योगहरुको प्रवद्र्धन, उद्यमशीलता र रोजगारीको व्यवस्था मार्फत गरिबी न्यूनीकरण ।
  • समग्र खेलकुद क्षेत्रको विकास एवम् खेलाडीहरुलाई प्रोत्साहन, पालिका स्तरमा सुविधा सम्पन्न खेलमैदान ।
  • नगरउन्मुख गाउँपालिका, प्रविधिमैत्री पुस्तकालय तथा फोहोरमैलाको उचित निकास, सडक गुरु योजनाको व्यवस्थित कार्यान्वयन र बस्ती विकास ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*