स्वतन्त्र उम्मेदवार योञ्जनले गठबन्धनका रुम्बालाई समर्थन
हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका प्रकाश योन्जनले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।
बुधबार एक विज्ञप्ती जारी गर्दै उनले आफु नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र पार्टीलाई सजग गराउन स्वतन्त्र उम्मेदवार दिएको बताउदैं अब सुर्य बहादुर रुम्बा र उनको टिमलाई विजयी गराउन आफ्नो समर्थन रहेको बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी नरहेको घोषणा गर्दै गठबन्धनका उम्मेदवारहरुलाई सघाउने बताएका छन् । घलान नेपाली कांग्रेसमाका क्रियाशील सदस्य हुन् । यस अघि स्वतन्त्र उम्मेदवार बनेका जय बहादुर घलानले पनि सुर्य बहादुर रुम्बाको टिमलाई समर्थन गरेका छन् ।
मकवानपुरगढीमा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रका मानकुमारी पाख्रीनको उम्मेदवारी परेको छ ।