मकवानपुरगढीको १ नम्बर वडाबासी भन्छन्, ‘विकासे बिदुर हुमागाईंलाई जिताएर पठाउँछौं’

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको चटारोमा दलहरु छन् । मकवानपुरगढीको सबैभन्दा ठूलो दल नेकपा एमाले घरदैलो अभियानमा सक्रिय भइरहेको छ ।
गाउँपालिकाको १ नम्बर वडामा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्षका उम्मेदवार सन्तु थिङ पाख्रिन, १ नम्बर वडा अध्यक्षका उम्मेदवार गोपाल लुङ्वालगायतले घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा स्थानीय जनताले गाउँपालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईंलाई विजयीको माला लगाएर हिँड्न आग्रह गरेका छन् । ‘तपाईं जति विकास गर्ने नेता अब हामीले पाउँदैन् । हाम्रोमा रोड बनाइदिनु भयो, पुल बनाइदिनु भयो, टनेल हाल्न सहयोग गर्नु भयो । सकेको गर्नु भयो, अब फेरि पाँच वर्ष जितेर काम गर्नुुस् ।,’ १ नम्बर वडाका मोमलाल पाख्रिनले भने ।
पाख्रिनले हुमागाईंको उपनाम विकासे राखेको सुनाए । ‘विकास प्रेमी नेताको नाम विकासे राख्नु पर्यो नी, ल यति विकास गर्ने नेता पाइयोस त । त्यसैले विकासे बिदुर हुमागाईंलाई एक नम्बर वडाले जिताएर पठाउँछ ।,’ उनले भने ।
१ नम्बर वडाबासीले पाँच वर्षमा नसोचेको विकास गरेकोले हुमागाईंलाई जिताउने जिम्मा आफ्नो काँधमा भएको धारणा राखेका थिए । हुमागाईंले १ नम्बर वडाको रानिडाँडा हुँदै रानिसेरा जाने नयाँ सडक खोलेर गढी दरबारसँग रिङरोड बनाइदिएको भन्दै स्थानीय खुशी भएका थिए । घट्टेपाखाबाट नयाँ सडक निर्माण गरी गढी दरबारमा पुगिने बाटो निर्माण भएको हो ।
‘पहिला नुन, तेल, चामल ल्याउन भारी बोक्न पथ्र्यो । अहिले अटोमै समान आउँछ । हाम्रो दुःख हेरिदिनु भयो । भोट तपाईंलाई हो ।,’ माया मोक्तानले भनिन् ।
हुमागाईंले जनताको हरेक दुःखमा साथ दिने बताएका छन् । आफू पाँचवर्ष अध्यक्ष हुँदा जनताकै लागि काम गरेको भन्दै आगामी ५ वर्षपनि जनताकै सुःखदुःखमा साथ दिने बताए । उनले १ नम्बर वडाबासीलाई कृषि क्षेत्रको माध्यमबाट आयआर्जनमा जोड्ने आफ्नो योजना रहेको सुनाउँदै अबको पाँच वर्ष कृषकको आयआर्जन वृद्धिमा काम गर्ने उनको प्रतिबद्धता छ ।
गाउँपालिका उपाध्यक्ष उम्मेदवार सन्तु थिङ पाख्रिनले महिलाहरुको क्षमता अभिवृद्धि र आर्थिक उन्नतीका क्षेत्रमा आफूले काम गर्ने बताएकी छन् । आर्थिक रुपमा महिलाहरुलाई सबल गराउन कृषि तथा पशुपालनका क्षेत्रमा पर्याप्त योजना ल्याउने उनको भनाई छ । गरिब तथा विपन्न वर्गका जनतालाई प्राथमिकतामा राखेर काम गर्न एमाले सरकारले मात्रै सक्ने उनले बताइन् ।
नेकपा एमालेबाट १ नम्बर वडा अध्यक्षमा लुङ्वा, खुला सदस्यमा जगननाथ संजेल, सुकलाल घलान, महिला सदस्यमा गंगामाया बल र दलित महिला सदस्यमा मैया विश्वकर्मा उम्मेदवार रहेका छन् । १ नम्बर वडामा एमाले विजयी हुनेमा कुनै शंका नरहेको वडा अध्यक्षका उम्मेदवार लुङ्वाले बताए ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका निवर्तमान अध्यक्ष बद्री लम्साल, एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुरगढीका युवा नेता इन्द्रजित देवकोटा, अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँललगायतका नेताहरुको उपस्थिति थियो ।