हेटौंडा उपमहानगरमा यी हुन् प्रमुख, उपप्रमुखका उम्मेदवार
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै, उप प्रमुखमा कांग्रेसका राजेश बानियाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा आज सोमबार दिउँसो ३ बजेतिर गठबन्धनका प्रमुख र उप प्रमुखले उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपाबाट प्रमुखमा सिंह, उपप्रमुखमा न्यौपानेको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् भने उप प्रमुखमा इन्दिरा न्यौपाने डल्लाकोटीको उम्मेदवारी परेको छ ।
जसपाबाट प्रमुखमा लामा, उपप्रमुखमा खतिवडाको उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रमुखमा दीपा लामा र उपप्रमुखमा हरिहर खतिवडाको उम्मेदवार परेको छ । केन्द्रीय गठबन्धनको सहमती विपरित हेटौंडामा जसपाबाट छुट्टै उम्मेदवारी दर्ता भएको हो ।
नेकपा समाजवादीबाट प्रमुखमा भुर्तेल, उपप्रमुखमा तिमल्सिनाको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेलको उम्मेदवारी परेको छ ।
भुर्तेलको उम्मेदवारी आइतबार परेको हो । यस्तै, उपप्रमुखमा नेकपा समाजवादीबाट मखकुमारी तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।
नेमकिपाबाट सिंहको प्रमुखमा उम्मेद्वारी
यस्तै, नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहले आइतबार निर्वाचन अधिकृतको हेटौंडा कार्यालयमा प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उन्नत पार्टीका भट्टराईको प्रमुखमा उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईको उम्मेदवारी परेको छ । भट्टराईले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
मौलिक जरोकिलोबाट प्रमुखमा बर्तौला, उप्रमुखमा घिमीरेको उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका लागि मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेदवारी परेको छ । यस्तै, उपप्रमुखमा मौलिक जरोकिलोबाट सुनील घिमिरले उम्मेद्वारी दर्ता गराएका छन् ।
सचेत नेपालीका गौतमको प्रमुखमा उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमको उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट प्रमुखमा आचार्य, पौडेलको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकामा स्वतन्त्रबाट दुई जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट लिलाकुमारी आचार्य र देवराज पौडेलको उम्मेदवारी परेको जनाइएको छ ।
राप्रपा नेपालको छैनन् उम्मेद्वार, सूर्यमा भोट हाल्न उर्दी !
केन्द्रीयस्तरमा नेकपा एमालेसंग चुनावी तालमेल गरेको कमल थापाको राप्रपा नेपालले हेटौंडा उपमहानगरमा उम्मेदवारी दिएको छैन । राप्रपा नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गरेपनि हेटौंडा उपमहानगरको प्रमुख वा उपप्रमुखमा उसले उम्मेदवारी दिएको छैन ।
एमालेले अवसर दिने वडामा पनि सो पार्टीको चुनाव चिन्ह ‘तीर’मा नभई एमालेको चिन्ह ‘सूर्य’मा मतदान गर्न राप्रपा नेपालका मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले आफ्ना कार्यकर्तालाई प्रेस विज्ञप्तीमार्फत उर्दी जारी गरेका छन् ।