एमाले मकवानपुरगढी ३ नम्बर वडा निर्वाचन परिचालन कमिटी गठन

संवाददाता
२०७९ बैशाख १०, शनिबार १२:३६

हेटौंडा– नेकपा एमाले मकवानपुरगढी ३ नम्बर वडा कमिटीले गाउँपालिका केन्द्रसमेत रहेको तीन नम्बर वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

‘मकवानपुरगढीको आर्थिक समृद्धिको आधार सुशासन र विकासको लागि नेकपा एमालेको सरकार’ भन्ने नारासहित निर्वाचनमा होमिएको एमालेले शनिवार राजु सापकोटाको संयोजकत्वमा १ सय १९ सदस्यीय तीन नम्बर वडा निर्वाचन परिचालन कमिटी बनाएको हो ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले अध्यक्षमा बिदुर हुमागाईं र उपाध्यक्षमा सन्तु पाख्रिनलाई उम्मेदवार उठाउँदै छ । सम्भवतः हुमागाईं र पाख्रिनले भोली आइतबार उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

एमाले मकवानपुरगढी ३ नम्बर वडा कमिटीले सापकोटाकै संयोजकत्वमा १७ सदस्यीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ । एमालेको गाउँपालिका निर्वाचन परिचालन कमिटी चन्द्र योञ्जनको संयोजकत्वमा ५ सय १ सदस्यीय कमिटी छ ।

उत्तम अधिकारीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक कमिटी गठन गरियो एमाले गाउँ कमिटी सहसचिव तथा गाउँपालिका निर्वाचन परिचालन कमिटी संयोजक योञ्जनले जानकारी दिए । एमालेले गाउँ कमिटीले शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिकपनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*