हेटौंडामा आज ‘जर्नालिजम अवार्ड’ हुँदै, तयारी पूरा

संवाददाता
बैशाख १०, २०७९

हेटौंडा– हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुन लागेको हो ।

मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । अवार्डमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रमपनि छ । साथै, राष्ट्रियदेखि स्थानीय स्तरका कलाकारलहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

यसवर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड ९महिला र पुरुष०, उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने अध्यक्ष गौतमले बताए ।

उत्कृष्ट पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई जनही १० हजार तथा अन्य विधाका पत्रकारलाई जनही ५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मान पत्र प्रदान गरिनेछ ।

२०७७ र २०७८ सालभित्रको कामका आधारमा दिइने अवार्ड मूल्यांकनका लागि ३ सदस्य जुरी सदस्य रहने जनाइएको छ । मकवानपुरको पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा र हौसला जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीराम अर्जुनले बताए । कम्पनीले आगामी वर्ष राष्ट्रियस्तरको अवार्ड गर्ने तयारी गरिरहेको अर्जुनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*