मकवानपुरमा गठवन्धनको भागवण्डा मिलेन, प्रदेशले टुंग्याउने

संवाददाता
बैशाख १०, २०७९

हेटौंडा– पाँच दलीय गठवन्धनको मकवानपुरमा भागवण्डा मिल्न सकेको छैन् । बिहिबार विना निश्कर्ष सकिएको बैठक शुक्रबार बस्ने समहति भएपनि भागवण्डाको विषयमा कुनैपनि प्रगती नहुँदा बैठक बस्न नसकेको हो ।

अनौपचारिक छलफलहरुमा सहमतिको प्रयास गरेर बैठक बस्ने तयारी पटक–पटक हुँदा समेत सहमति नबन्दा बैठक बस्न नसकेको पाँच दलीय गठवन्धन मध्येको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

खबरब्रेकसँग कुरा गर्दै नेकपा माओवादी केन्द्र मकवानपुर समन्वय कमिटिका सचिव भिम पाख्रिनले अब जिल्ला तहबाट समहति जुटने संभावना करिब सकिएको बताए । ‘यहाँ समहतिको लागि अधिकतम् प्रयास गरिएको थियो तर हामी सहमतिमा पुग्न सकेनौ, अब प्रदेश या केन्द्रलेनै मिलाउने कुरा छ, उनले भने ।’
बैठकमा सबै दल आफ्नो दाबीबाट एक कदम समेत पछि नहट्पछि सहमति नभएको गठवन्धका एक नेताको भनाई रहेको छ । ति नेता भन्छन ‘मकवानपुरमा गठवन्धनको कुरा निकै पेचिलो बन्दै छ । अहिलेसम्म पालिकाको नेतृत्वको कुरा त मिल्न सकेको छैन अझ वडा कहिले टुंगो लगाउने रु समय पनि निकै कम भएको कारण अब एक्लै एक्लै पो लड्नेकि भन्ने कुरा पनि केहि साथिहरुले राख्न थालिसकेका छन् । ’

गठवन्धनको बैठकमा बोलाउन छाडिएको कारण गठवन्धनकै एक घटक जनता समाजवादी नेपाल (जसपा)ले आज जिल्लाको १० मध्ये ९ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार सिफारिस गरेको छ भने जनमोर्चा जे दिएपनि लिने पक्षमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*