गठबन्धनको निर्णयः हेटौंडाको मेयर समाजवादीलाई, कांग्रेसलाई उपमेयर

संवाददाता
२०७९ बैशाख ८, बिहीबार ०८:४०

मकवानपुर– सत्ता साझेदार दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार उठाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार उठाउने सहमति भएको छ ।

मेयरका लागि एकीकृत समाजवादीबाट पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेल र उपाध्यक्ष तथा हेटौंडाकी वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम चर्चा छ । पार्टी नगर समितिले दुवै जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेको छ । यसैगरी उपमेयरमा कांग्रेसबाट प्रभात दहाल र राजेश बानियाँको चर्चा छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले देशभरका उपमहानगरको भागबण्डा गरेको थियो ।

सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*