कमानेकी अनिशालाई छुरा प्रहार गर्ने यादव प्रहरी नियन्त्रणमा

संवाददाता
बैशाख ८, २०७९

हेटौंडा– हेटौंडाकी २४ वर्षीया अनिशा राईंलाई छुरा प्रहार गरी फरार अभियुक्त सिर्जन यादव प्रहरी नियन्त्रणमा आएका छन् । उनी आफैं प्रहरीको सम्पर्कमा आएका हुन् ।

यादवले चैत ११ गते शुक्रबार साँझ हेटौंडा–७ हरियालीमा अनिशामाथि छुरा प्रहार गरी फरार भएका थिए । हेटौंडा–२ न्यु मनकामना चोकका २९ वर्षीय सिर्जन यादव ४ वैशाखमा मकवानपुर प्रहरीको सम्पर्कमा आएको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

यादवविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यादवले हेटौंडा –७ हरियालीमा २४ वर्षीया अनिशा राईलाई घरनजिकै छुरा प्रहार गरेका थिए । घटनालगत्तै फरार यादवको खोजीका लागि प्रहरी परिचालन भएको थियो भने राईको काठमाडौंमा उपचार गरेर हेटौंडा ल्याइएको छ ।

‘पक्राउ परेको खबर पाएँ, प्रहरीले अनुसन्धान गरिरहेको र हामीलाई जानकारी गराएको छ,’ अनिसाका बुबा सूर्य राईले भने, ‘प्रहरीमा हामीलार्र्इ साक्षीसहित बोलाइएको छ, प्रहरीमा जाने तयारीमा छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*