हेटौंडा–१ वडा अध्यक्षमा युवा नेता विकेशलालको दावी
हेटौंडा– नेपाली कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा–१ को वडा अध्यक्षमा दावी गरेका छन् ।
विपन्नलाई घरदेखि अनाथ बालबालिकालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्दै सामाजिक परोपकारका क्षेत्रमा सक्रिय विकेशलाललाई वडा अध्यक्ष उठ्न युवाहरुले दबाब दिएका छन् ।
हेटौंडा उपमहानगरको वडा नम्बर १ मा वडा अध्यक्षमा तरुण नेता विकेशलालले आफ्नो उम्मेदवारी अघि सारेका हु्न् । शनिबार भएको क्रियाशील तथा अगुवा कार्यकर्ता भेलामा आफ्नो भनाई राख्दै उनले आफ्नो उम्मेदवारी वडा अध्यक्षमा रहने दावी गरेका थिए ।
आफुले उम्मेदवार घोषणा गर्दा क्रियाशील सदस्य तथा अगुवा व्यक्तित्वहरुले समर्थन गरेको बताउदैं एक व्यक्ति एक पद एक कार्यकालको अवधारणा हुनुपर्ने र युवालाई समेटिएर अघि बढ्नुपर्ने बताए ।
तरुण नेता श्रेष्ठले कार्यकर्ता भेलामा आफ्नो विचार राखेको हुँ, सबैले साथ दिए आफु विजयी हुनेमा विश्वस्त रहेको बताए । २०६८ सालबाट नेपाली कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी २०७१ सालमा तरण दल इकाई अध्यक्ष बनेका थिए ।
उनीपछि पार्टीको तरुण दल विभागीय सदस्य बन्दै विभिन्न समयमा पार्टीमा योगदान गर्दै आइरहेका छन् । उनी १४ औं महाधिवेसनमा बुथ प्रतिनिधि बन्दै बागमती प्रदेश महाधिवेसनमा अत्याधिक मत ल्याई बाग्मती प्रदेश प्रतिनिधि बनेका थिए । उनी मकवानपुरको क्षेत्र २ को प्रदेश सभा (क) क्षेत्रीय सदस्य समेत रहेका छन् ।
राजनीतिसँगै सामाजिक कार्यमा पनि लोकप्रिय रहेका श्रेष्ठ लियो, लायन्स, जेसीस जस्ता विभिन्न सामाजिक संघ संस्थाहरुमा कुशल नेतृत्व प्रदान गर्दै आइरहेका छन् । व्यवसायी समेत रहेका उनी मकवानपुर उद्योग वाणिज्य संघमा अत्याधिक मत ल्याई सदस्यमा निर्वाचित बनेका थिए ।