मकवानपुरगढीमा पुनः बिदुर हुमागाईं उठ्ने, यस्तो रहेछ उनलाई फेरि अध्यक्ष उठाउनुको कारण

संवाददाता
चैत्र २७, २०७८

हेटौंडा– नेकपा एमालेले आगामी ३० वैशाखका लागि चय भएको स्थानीय तह निर्वाचनमा मकवानपुरगढीमा पुनः बिदुर हुमागाईंलाई उठाउने निर्णय गरेको छ ।
a
सोमबार एमाले गाउँ कमिटीको बैठकले हुमागाईंलाई अध्यक्षमा अठाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा बिदुर हुमागाईंले जित हासिल गरेका थिए ।

यसैगरी एमालेले मकवानपुरगढीको उपाध्यक्षमा सन्तु पाख्रिन थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत निर्वाचनमा एमालेबाट हर्कमाया रुम्बाले उपाध्यक्षमा जित हासिल गरेकी थिइन् ।

मकवानपुरगढीमा हुमागाईंले पाँच वर्षमा गरेका विकासकै कारण पुनः उनलाई उठाउने निर्णयमा एमाले पुगेको नेताहरुले बताएका छन् । उनले ल्याएको योजना पूरा गर्न र आगामी पाँच वर्षभित्र मकवानपुरगढीलाई समृद्धि र पालिकाबासीलाई खुशी तुल्याउन हुमागाईं नै उपयुक्त उम्मेदवार भएको एमालेको ठहर थियो ।

‘उहाँका योजनाले पाँच वर्षभित्र मकवानपुरगढी गाउँपालिकामा व्यापक परिवर्तन आयो । जनताको खुशीसँग प्रत्यक्ष जोडिएका काममा हुमागाईंले बितेका वर्षमा धेरै काम गर्नु भयो । जनताले अपेक्षा गरेकोभन्दा पनि बढी विकास भयो । अबको पाँचवर्ष हुमागाईंले नै नेतृत्व गरेर गाउँपालिकालाई समृद्ध बनाउन र नागरिकको जीवनस्तर उकास्न उनलाई नै अबसर दिनुपर्नेमा एमाले पुगेको हो ।,’ एमालेका एक नेताले भने ।

मकवानपुरगढीमा अन्य पार्टीका उम्मेदवारले जिते हुमागाईंको योजना कार्यान्वयनमा अवरोध पुग्न सक्ने र जनताले दुःख पाउने भएपछि उनलाई नै दोस्रो र अन्तिम पटक अबसर दिने निर्णय भएको ती नेताले सोधिखोजीलाई जानकारी दिए । ‘गढीबासीकै हितका लागि उहाँलाई अध्यक्ष उठाउन परेको हो । उहाँलाई निर्विकल्प अध्यक्ष उम्मेदवारका रुपमा चुनेका हौं ।,’

एमालेले पुनः उठाउने निर्णय गरेको वर्तमान अध्यक्ष हुमागाईं मकवानपुरगढीका जननेताका रुपमा परिचित छन् । उनले बितेको पाँच वर्षभित्र गाउँमा अधिकांश कच्ची सडकलाई स्ल्याब ढलान गर्दै पक्की बनाउन सफल भएका थिए ।

योजना कार्यान्वयनका क्रममा ८ नम्बर वडाका जनतासँग अध्यक्ष बिदुर हुमागाईं । उनलाई ८ नम्बर वडाबासीलाई भिरपाखाबाट हिँड्न समस्या हुने भएपछि पर्यटन प्रवद्र्धनलाई फाइदा पुग्ने गरी साढे ३ किलोमिटर खुँडेधार पदमार्ग निर्माण गरेका थिए ।

गाउँपालिकालाई दुई भागमा विभाजन गरेको सामरी र ज्यामिरे खोलामा गरेर तीन वटा पक्की पुल, एउटा बेलिब्रिज, तीन वटा तीन पाङ्ग्रे सवारी गुड्ने फलामे पुल, पाँच वटा झोलुङ्गे पुल निर्माण गरेर पालिकाबासीलाई आवतजावतमा सहजता तुल्याउने काम गरेका छन् ।

विगतमा सामरी खोलामा एउटा साँघुसमेत नभएको अवस्थामा हाल सबै वडाबाट पालिकाबासी एकअर्काको वडामा र गाउँपालिका केन्द्र पुग्न सक्छन् । बाढी आउँदा विद्यालय जान नपाएका बालबालिका खोलामा पुन बनेसँगै सहजसँग पठनपाठन गर्न पाएका छन् ।

त्यति मात्र नभई, अध्यक्ष हुमागाईंले कृषि क्षेत्रमा क्रान्ति नै ल्याएका छन् । विगतमा ५० वटाको हाराहारीमा तरकारी टनेल भएको गाउँपालिकाभित्र हाल एक हजार वटा तरकारी टनेल छन् । पालिकाको कृषि प्राथमिकताका योजनाले किसानहरु कृषि तथा पशुपालनबाटै मनग्य आयआर्जन गर्न सक्ने भएका छन् ।

अध्यक्ष हुमागाईंले आफ्ना कार्यकालमा साना किसानलाई बित्तिय पहुँच पुर्याउन बैंकबाट २ लाखसम्म न्यूनतम ब्याजदरमा ऋण झिक्ने व्यवस्था गरेका छन् । ऋण पाएपछि गाईंर्भैसी किनेर दुध बिक्रीबाट आम्दानी गरिरहेका किसान ख्ुशी भएका छन् ।

मकवानपुरगढीको १, २, ३, ४, ७ र ८ नम्बर वडामा करोड माथिका खानेपानी योजना निर्माण भएका छन् । जसमध्ये ३ नम्बर वडाको टावरडाँडामा खानेपानी टंयाकी निर्माण गरी २ सय ४० घरलाई पानी वितरण गरेका छन् ।

उनले कार्यकाल सकिनै लाग्दा गाउँपालिकालाई देशमै चौथो बालमैत्री घोषणा गर्न सफलपनि भए । देशमै चौथो बालमैत्री घोषणा हुँदा यहाँका बालबालिकाको भविष्य उज्वलन बन्नुका साथै देशभरबाट मकवानपुरगढीलाई हेर्ने नजर सकारात्मक बनेको छ ।

उनले एक पत्रिकासँग दिएको अन्तर्वार्ता । अध्यक्ष हुमागाईं आफ्नो गाउँ आफैं बनाउने पर्नेमा जोड दिँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*