हेटौंडामा अनेरास्ववियुको बृहत भेला तथा प्रशिक्षण

संवाददाता
चैत्र २७, २०७८

हेटौंडा– नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी मकवनापुरले सोमबार स्थानीय तह निर्वाचन लक्षित बृहत जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले सोमबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम हुने जानकारी दिए ।

अनेरास्ववियु जिल्ला सचिव पुष्कर तिमल्सिनाले सोमबार बिहान ७ बजे हेटौंडामा र्याली हुनेछ । र्याली मकवानपुर क्याम्पसबाट शुरु भई मानसचोक, कान्तिराजपथ हुँदै हेटौंडा क्यामपसमा अर्को र्यालीमा समाहित भई सितलमहल चोकमा जम्मा हुने र वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस)बाट अर्को र्याली सितल महलचोकमा जम्मा भई कार्यक्रम स्थालमा पुगेर समापन जानकारी दिए ।

र्यालीमा बागमती प्रदेश सरकारले जारी गरेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने अध्यादेश खारेजी माग गर्दै प्ले कार्ड सहित नारा जुलुस हुने तिमल्सिनाले बताए ।

प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने निर्णयको बिरुद्धमा मकवानपुरभरका अनेरास्ववियु आवद्ध विद्यार्थीहरु एकभई सडकमा नारा जुलुस सहित र्याली गर्ने उनको भनाई छ ।

कार्यक्रममा अनेरास्ववियुले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन सशक्त भूमिका निर्वाहका लागि प्रशिक्षण दिइने अनेरास्ववियु जिल्ला सहसचिव प्रमोद फुयाँलले बताए । उनका अनुसार अनेरास्ववियुका नेताहरु जिल्लास्थित पालिकामा पार्टीका योद्दाका रुपमा खटिने छन् ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेल, संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्यसमेत रहेका विद्यार्थी इञ्चर्ज शिवहरि दाहाल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य मिलन पाठकलगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*