मकवानपुरका अधिकांश एमालेका वडा अध्यक्ष उम्मेदवार सर्बसम्मत

संवाददाता
२०७८ चैत्र २४, बिहीबार २३:००

हेटौंडा । मकवानपुरका धेरैजसो वडाहरुमा वडा अध्यक्षका लागि सर्बसम्मत उमेदवारको छनोट गरिएको छ ।

बैशाख ३० गते हुने चुनाबका लागि नेकपा एमालेले हिजो र आज उमेदवारी छनोट गरेर जिल्ला पार्टी कमिटीलाई सिफारिस गरेको छ । धेरै वडामा एक जना वडा अध्यक्ष र अरु सदस्यहरुको उमेदवार छनोट गरिएको हो ।

केही वडाहरुमा भने तीन जना सम्म वडा अध्यक्षका उमेदवारका लागि जिल्ला पार्टी कमिटीलाई सिफारिस गरिएको छ ।

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा पुराना नेता उत्तम प्रसाद पौडेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमाले १ नम्बर वडा कमिटीको अध्यक्ष समेत रहनुभएका पौडेलको नेतृत्वमा एमालेले वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ बाट बर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेद्वार बनेका छन् । आज भएको वडा कमिटिको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाएको हो ।

वडा नंबर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल्सिना र अञ्जु अधिकारी रहेका छन् ।

नेकपा एमाले मनहरी गाउँपालिका वडा नं ९ कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । मनहरी–९ मा आज भएको भेलाले राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष समेत रहेका लक्ष्मण उप्रेतीलाई वडाध्यक्षमा सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

हेटौँडा उपमहानगरपालिका९११ को वडाध्यक्षमा ३ जना सिफारिस भएका छन् । आज भएको वडा कमिटिको बैठकले निर्वाचन विधिबाट तीनजनालाई वडाध्यक्षको लागि सिफारिस गरेको हो ।

तीनजनामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य जुना दाहाल सहित एमाले नेताहरु रामचन्द्र न्यौपाने र दिपक सिवाकोटी रहेका छन् । नेकपा एमालेले हेटौंडा–१२ को अध्यक्षको उम्मेदवारको रुपमा राजेश नगरकोटीलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस हुनुभएको छ । बिहीबार पार्टीको वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले हेटौंडा ७ को वडा अध्यक्षमा वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै खुला सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना बिक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । वडा अध्यक्ष थापा, वडा सदस्य देवराज रिमाल र दलित सदस्य सपना बिक दोस्रो कार्यकालका लागि उम्मेदवार हुँदै हुनुहुन्छ भने नरबहादुर भ्लोन र तुलसा अधिकारी पहिलो पटक वडा सदस्यको उम्मेदवार बन्दै हुनुहुन्छ ।

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । बिहीबार वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा–१९ मा अध्यक्षका लागि तीनजना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बिहीबार सम्पन्न बैठकबाट अध्यक्षका आकांक्षी नरनाथ सुवेदी, रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस हुनुभएको छ । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा सहमति प्रयास विफल भएपछि आकांक्षी तीनै जनाको नाम नगर समितिमा सिफारिस गरिएको हो ।

अध्यक्षका आकांक्षी नरनाथ सुवेदी वर्तमान वडा अध्यक्ष हुनुहुन्छ भने इन्दिरा तामाङ वडा सदस्य हुनुहुन्छ । सदस्यका उम्मेदवार शान्ति बिक पनि वर्तमान वडा सदस्य हुनुहुन्छ । नेकपा एमालेले बागमती गाउँपालिकाको ६ वटा वडामा उम्मेद्वार छनौट गरेको छ । गाउँपालिकाको वडा नं।१,३,४६,७र८ नम्बर वडाको उम्मेद्वार टुङ्गो लगाएको हो ।

वडा नं।१ बाट वडाध्यक्षको उम्मेद्वारमा यज्ञ बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा सुरेन्द्र राई, दिल बहादुर बोम्जन, कल्पना राई र पुजा कुमारी सुनार चयन भएका छन् ।

त्यस्तै वडा नं। ३ बाट वडाध्यक्षको उम्मेद्वारमा पञ्चलाल भोलन चयन भएका छन् । सदस्यहरुको उम्मेद्वारमा पेमा दोर्जे योञ्जन, विकास पाख्रिन राममाया गोले चयन भएका छन् भने दलित महिला सदस्य छनौट हुन बाँकी छ ।

त्यस्तै वडा नंं। ४ बाट वडाध्यक्षको उम्मेद्वारमा शेर बहादुर पाख्रिन चयन भएको छन् । सुब्बालाल गोले, मेजरमान मुक्तान, गोपिनी विक र धनीमाया भोलन सदस्यको उम्मेद्वारमा छनौट भएका छन् ।

त्यस्तै वडा नं। ६ बाट वडाध्यक्षको उम्मेद्वारमा टेक बहादुर डिम्डुङ चयन भएका छन् । वडासदस्यमा सरिता रखाल, सिता विक, टेक बहादुर राण र सन्त बहादुर सिङतान चयन भएका छन् । त्यस्तै वडा नं।७ मा वडाध्यक्षको उम्मेद्वारमा चेत बहादुर पुलामी९शम्शेर० चयन भएको छन् भने वडासदस्यमा नेत्र बहादुर राई, कुमार सारु, श्रृजना थिङ र कविता विक छनौट भएका छन् ।

त्यसैगरी वडा नं।८ मा वडाध्यक्षमा केशव तिमल्सिना, वडासदस्यहरुमा पदम बहादुर मोक्तान, कालु सिं थिङ, सृष्मा भोलन र बिन्दु विक चयन भएका छन् । गाउँपालिका वडा नं।२,५ र ९ मा उम्मेद्वार छनौटको उम्मेद्वार छनौट भोली सम्पन्न हुने नेकपा एमाले बागमती गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*