बागमतीका उत्कृष्ट ५ जना किसान पुरस्कृत

संवाददाता
चैत्र १३, २०७८

हेटौंडा– हेटौंडामा आइतबार भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चोमासिक प्रगति समिक्षा गोष्ठीमा बागमती प्रदेशका उत्कृष्ट ५ जना किसान पुरस्कृत भएका छन् ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो ।

द्वितीय हुने दिदीबहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको छ ।

चौथो हुने कामना फलफुल बहुउद्देश्यीय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजारसहित पुरस्कृत गरिएको थियो ।

प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।

पुस्कार वितरणपछि बागमती प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले यस आर्थिक वर्षमा हालसम्म गरेका कामहरुको प्रगति विवरण समेत सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*